१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्य मन्त्री आज विश्वासको मत लिने तयारीमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिने तयारीमा छन्। सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरूमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ। जसका कारण लुम्बिनीका मुख्यमन्त्री चौधरी अल्पमतमा परेका छन्।

मुख्य मन्त्री चौधरीले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।

सङ्घमा सत्ता परिवर्तन भएसँगै माओवादी केन्द्रले मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फागुन २३ मा फिर्ता लिएको थियो।

सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाको अंकगणितले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १÷१ र एक स्वतन्त्र सांसद छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्।

प्रकाशित: २२ चैत्र २०८० ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App