२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुंगिन्छः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको तर्फबाट उम्मेदवार आज (बुधवार) टुंगिने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आजै उम्मेदवार तय गर्ने बताएका हुन्।

उनले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताए। ‘धेरै ढिलो गर्ने काम छैन। आज टुंगिन्छ।’ उनले भने।

त्यस्तै नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरु कुनै पार्टी नभएको उनको जिकिर थियो।

प्रकाशित: २१ चैत्र २०८० १७:५६ बुधबार