१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

त्रिवि सुधार गर्न उपकुलपति बराललाई नेविसंघका ३० सुझाव (पत्रसहित)

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका भर्खरै नियुक्त उपकुलपति केशरजंग बराललाई त्रिवि सुधारका विभिन्न मागसहित ३० बुँदे सुझाव पत्र दिएको छ। 

आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहित तीनसय बढी सदस्यको टोलीले बराललाई भेटेर सुझाव पत्र दिएको हो।

नेविसंघले दिएका सुझावमा उपकुलपति बरालले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र व्यावसायिक कार्ययोजना अविलम्ब सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर अनुसारका कार्यान्वयन गर्नुपर्ने, त्रिविलाई ‘आइडिया बैंक’ को रूपमा विकसित गर्नुपर्ने, देशमा उद्यमशील संस्कृतिको विकास गर्न पाठ्यक्रममा थप परिमार्जन गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘पेड इन्टर्नसिप’ र ‘जब प्लेसमेन्ट’ को व्यवस्था गर्न व्यवसायीक संघ संस्थासँग साझेदारी गर्ने खालका नीति निर्माण गर्नुपर्ने, सरकारी मापदण्ड विपरीत मनपरी ढंगले शुल्क अशुल्ने जस्ता गतिविधि नियन्त्रण हुनुपर्ने लगायतका बुँदा छन्।

यस्तै भौतिक संरचनाको प्रबलतामा ध्यान दिँदै महिला र अपांगमैत्री पूर्वाधारमा ध्यान दिनुपर्ने, विश्वविद्यालयले प्रदान गर्दै आएको छात्रवृत्तिको दायरा थप फराकिलो बनाउनुपर्ने र त्यसको पारदर्शिता र प्रभावकारिताका लागि ‘केन्द्रीय छात्रवृत्ति पोर्टल’ बनाउनुपर्ने, विद्यार्थी स्वास्थ्य बीमालाई प्रभावकारी एवं व्यवस्थित गर्न ‘हेल्थ कार्ड‘ को व्यवस्था गर्नुपर्ने,  शैक्षिक गुणस्तरमा अभिवृद्धि, खोज तथा अनुसन्धानमूलक एवं व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका बुँदा पनि सुझाव पत्रमा समेटिएका छन्।

यस्तै त्रिवि सेवा आयोगलाई लोक सेवा आयोगसरह विश्वसनीय बनाउनुपर्ने, उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजानु पर्ने,  विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा निर्माण गर्नुपर्ने बुँदा पनि समेटिएका छन्।

यस्तै विश्वविद्यालय भित्रका सबै खाले बेतिथिको न्यूनीकरण गर्न छुटै स्वायत्त निकाय गठन गर्नुपर्ने र विश्वविद्यालयका काम कारबाहीलाई नियमन गर्न विश्वविद्यालय ऐन निर्माण गर्नु पर्ने माग पनि समेटिएका छन्। 

सुझाव पत्र :

प्रकाशित: १८ चैत्र २०८० १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App