१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षा विधेयकमा अभिभावकलाई सहभागिता गराउन नसक्नु राजनीतिक असफलता: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन्।

आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे। राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो/लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको उनले बताए।

उनले अभिभावकलाई राजनीतिक दलहरुले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे। सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको उनले बताए। उनले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताए।  

महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गरे।  

प्रकाशित: १८ चैत्र २०८० १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App