५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद गौतम भन्छन्: ‘बर्खा लागिसक्यो सदरमुकाम कसरी जोगाउने थाहा छैन’

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लाको सदरमुकामलाई आगामी बर्खामा जोगाउन प्रधानमन्त्रीलाई गुहारेका छन्।

उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘मेरो सदरमुकाममा बडा जोखिममा छ। बर्खा हुन लागिसक्यो सदरमुकाम कसरी जोगाउने हो थाहा छैन।’

उनले गम्भीरतापूर्वक सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण पनि गराएका छन्। ‘बर्दिया जिल्लाको सदरमुकाम गुलरियालाई अलिकति ध्यान दिइएन भने यसपालिको बर्खामा अप्ठेरो पर्छ। जब्दीको पुल त सप्पैको पुलको यादै छ। त्यही सुतेको त्यत्रो दिनसम्म। यसपालि पनि बजेट बन्दैछ। प्राथमिकता पाओस्’, सांसद गौतमले भने।

बबई नदीको जब्दी खण्डमा बनाइएको पक्की पुल कमसल निर्माणले गर्दा भत्किएपछि अहिलेसम्म पनि निर्माण भएको छ। यो एक मात्र यस्तो पुल थियो। जसले पूर्व–पश्चिम राजमार्गलाई बर्दियाको सदरमुकाम गुलरियासँग जोडेको थियो। 

प्रकाशित: १८ चैत्र २०८० १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App