२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चका न्यायाधिसहरुको मोबाइल रेकर्ड मोनिटरिङ हुनुपर्छ: सांसद सिंह

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले न्यायाधिसहरुको आचरण छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्।

उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो माग राखेका हुन। सांसद सिंहले न्याय विभिन्न किसिमले प्रभावित भइरहेको दाबी गर्दै न्याय प्रक्रिया र न्यायका आधारहरू पत्ता लगाउन समिति गठनको माग राखेका हुन्। 

उनले न्याय प्रभावित हुन थालेको चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतका न्यायाधिसहरुको मोबाइल रेकर्ड मोनिटरिङ गर्न कानूनमन्त्रीलाई आग्रह पनि गरेका छन्।

‘सर्वोच्च अदालतको न्यायाधिसहरुको मोबाइल रेकर्ड मोनिटर हुनुपर्छ। कुन नेताको पहुँचको आधारमा निर्णय प्रभावित हुने गर्छ?’, उनले भने।

सांसद सिंहले पहुँच र व्यक्तिको प्रभावको आधारमा निर्णयहरु हुन थालेको उल्लेख गर्दै भने, ‘न्याय प्रणाली पनि पहुँचअनुसार फरक–फरक छ। यसले देशलाई कहाँ लैजान्छ?’,  उनले भने, ‘निर्णय प्रक्रिया कानुनसम्वत, संविधानसम्वत हुनुपर्छ।’

सांसद सिंहले न्यायपालिकामा भागबन्डाको आधारमा नियुक्ति भइरहेको र यसले न्याय प्रणालीलाई नै नकारात्मक प्रभाव पारिरहेको समेत उल्लेख गरे। ‘यसले न्यायको छविलाई माथि पु¥याउदैन र यसमा प्रश्नहरू पनि उठिरहेको छ।’

उनले देशको राजश्व र अर्थतन्त्रसँग जोडिएको ठूला–ठूला मुद्दाहरूका निर्णय प्रक्रियाहरूमा समेत प्रभाव परिरहेको उल्लेख गरे। सिंहले पहुँच र व्यक्तिको प्रभावको आधारमा कुनै मुद्दामा जबरजस्ती फैसला गर्ने र कुनै मुद्दाको फैसला ढिलो हुने गरेको दाबी गरे।

‘कार्यपालिका माथि खडेरी उठिरहेको बेलामा जनताले शासन र प्रशासनमा पनि प्रश्न उठाइरहेका छन्’, उनले भने, ‘न्यायपालिकामा के आधारमा निर्णय भइरहेको छ।’ सांसद सिंहले न्यायलाई दूषित गर्ने, खण्डित गर्ने, देशको भ्रष्टाचार बढाउने काम हुन्छ भने त्यो दुर्भाग्यपूर्ण हुने बताए।

उनले न्यायपरिषदमा पर्ने गरेको उजुरीहरूको छानबिन समेत नहुने गरेको उल्लेख गरे। ‘न्याय निरूपण र न्यायधिसको आचरणमा छानबिन होस’, सांसद सिंहले भने। 

प्रकाशित: १८ चैत्र २०८० १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App