१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसको दाबी

राष्ट्रियसभाको उपाध्यक्ष पद खाली भएको छ। राजनीतिक सहमतिबमोजिम बिहीबार उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद खाली भएको हो। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य भएकी उनी २०७९ माघ २३ गते निर्विरोध रूपमा उपाध्यक्ष भएकी थिइन्।

सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धन दलले उपाध्यक्ष कसलाई बनाउने भन्ने कुरा बाहिर ल्याएका छैनन्। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपाध्यक्षमा दाबी गरेको छ। उसले उपाध्यक्ष पाए विधायन समिति सभापति जयन्ती राईलाई बनाउने तयारी गरेको स्रोतको दाबी छ।

गत फागुन २९ गते सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एसबीच सातबुँदे सहमति भएको थियो। सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष कसलाई दिने भन्ने उल्लेख छैन। त्यसअघि नेकपा एसबाहेक चार दलबीच भएको आठबुँदे सहमतिमा उपाध्यक्ष एमालेले पाउने भनिएको थियो।

प्रकाशित: १६ चैत्र २०८० ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App