१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समर्थन फिर्ता लिने निर्णयको भोलिपल्टै सरकारमा नाउपाका दुई मन्त्री

नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्। लक्ष्मणकिशोर चौधरीले सामाजिक विकासमन्त्री र खुसीराम चौधरीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको पदभार ग्रहण गरेका छन्।

यसअघि दुवैजना विना विभागीय मन्त्री रहेका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालयको जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका हुन्।

सामाजिक विकासमन्त्रीको पदभार ग्रहण गर्दै चौधरीले जनताले दिएको म्यान्डेटअनुसार आफू सरकारमा सहभागी भएको बताए। आफ्नो पार्टीले एक वर्षदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएको उनको भनाइ थियो।

बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।  नाउपा पार्टीभित्र सरकारलाई समर्थन कायमै राख्ने वा फिर्ता लिने विषयमा विवाद चुलिँदै आएको छ।

सात प्रदेश सभा सदस्य रहेको नाउपा सुदूरपश्चिम प्रदेशमा सरकारका लागि निर्णायक रहेको छ। मुख्यमन्त्री कमल शाहले आफ्नो सरकार टिकाउन नाउपाका ५ मन्त्री बनाएका छन्।

प्रकाशित: १५ चैत्र २०८० १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App