२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आवश्यक परे रेल थप्छौँः उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन्।

शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्। उनले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरुलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने पनि उल्लेख गरे।

भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै उनले अब छिटो र छरितो रुपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाए।

‘रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरुको सम्बोधन गर्छौं चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरुको व्यवस्थाको प्रबन्ध मिलाउँछौँ’ उनले भने।

मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवं निरीक्षण गरेका थिए।

प्रकाशित: १० चैत्र २०८० १८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App