२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेश प्रदेश: एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार देश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवले गृह सञ्चार तथा कानुनमन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीमा प्रमोद जैसवार र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव रायलाई नियुक्त गरेका थिए।

केन्द्रमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनेपछि प्रदेशमा पनि कांग्रेसको तर्फबाट मन्त्री रहेका तीनजना मन्त्रीलाई सोमबार मुख्यमन्त्री यादवले बर्खास्त गरी एमालेलाई सरकारमा सहभागी गराएका थिए।

सोमबार एमाले संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवलाई मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए।

नयाँ गठबन्धन बनेपछि प्रदेशमा कांग्रेसले लिएको तीन मन्त्रालय एमालेलाई दिने सत्तारुढ गठबन्धन दलबिच सहमति भएको थियो। तर एमालेले मन्त्रीका नाम नदिएपछि मंगलबार मुख्यमन्त्री यादवले ती थप दुई मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री सरोजलाई नै दिइएको थियो।

पाँच दिनपछि एमालेले मन्त्रीको नाम टुङ्गो लगाएपछि मुख्यमन्त्री यादवले एमालेको तर्फबाट तीनमन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको हो।

नयाँ गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छन्। त्यस्तै संघ सरकारमा सहभागी नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश सरकारमा सहभागी भएको छ।

सुरुमा एमालेको समर्थनमा जसपाको सरोज यादवको नेतृत्वमा सरकार गठन भएको थियो। तर गठबन्धन फेरिएपछि एमालेले सकारबाट बाहिरिएर मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रकाशित: १० चैत्र २०८० १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App