१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली भन्छन्: समाजवादी मोर्चामा सहभागी हुँदैनौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। 

नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए।

उनले भने,  ‘प्रधानमन्त्रीज्युसँग राम्रो कुराकानी भयो अहिलेको समसामयिक विषयमा।’ त्यसपछि सञ्चारकर्मीले एमाले समाजवादी मोर्चामा सहभागी हुने हो रु भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ओलीले ‘होइन’ भनेका छन्। 

शुक्रवार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो। 

प्रकाशित: ९ चैत्र २०८० १६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App