१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री दोषी देखिए सरकार छोड्नुपर्छः उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।

बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए। दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने उनले बताए। गृहमन्त्री लामिछानेलाई नेपाली काँग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले बिरोध गरिरहेको उनको भनाइ छ। उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताए।

‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ। त्यो कुरा अहिले जुन प्रकारले काँग्रेसले राजीनामाको माग गर्नुभएको छ। त्यो आफैँमा गलत कुरा हो। उहाँहरुको माग संसदीय छानबिन समिति हो। हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई नेपाली काँग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरुको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुनेकुरा गलत हो। त्यसैले छानबिन जारी छ, उनले भने 'जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ। कुनै चान्स छैन। जो सुकै होस्। यो गठबन्धन बाँकी समय सबै जान्छ। भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन। सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित चाहे त्यो हुलाकी राजमार्ग होस्, महेन्द्र राजमार्ग होस् त्यो विकास। मदन भण्डारी राजमार्ग जुन होस्, उत्तर दक्षिण धेरै रोडहरु सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अघि बढेको छ।’

प्रकाशित: ८ चैत्र २०८० १८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App