१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाे छ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि चैत ६ देखि १४ गतेसम्म आवेदन दिन भनिएको छ। त्यसपछि ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते साँझ ८ बजे प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ। 

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय चैत १५ गते दिउँसो १ बजेसम्म तोकिएको छ। पार्टीले चैत १६ मा उम्मेदवार टुंगो लगाएर चैत १७ मा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ।

प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ।

प्रकाशित: ६ चैत्र २०८० १९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App