१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आज निधन भएको छ। उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद मनोनीत भएकी थिइन्।

सभामुख देवराज घिमिरेले सिभिल अस्पताल पुगेर शोक प्रकट गरेका छन्।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुआत गरेकी उनले सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन्।

उनी जनता समाजवादी पार्टी नेपालको पोलिटब्युरो सदस्य थिइन्। २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन्।

प्रकाशित: ४ चैत्र २०८० १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App