२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:३० अपराह्न
राजनीति

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छः उपभापति डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिएका हुन्।

उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए। डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताए। उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब  र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए। उनले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए।

निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको दाबी गरे। उनले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताए। उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए। आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे।

प्रकाशित: १ चैत्र २०८० १७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App