१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुसमा युद्धरत नेपालीको उद्धार नगरिएको भन्दै प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले युद्धरत देश रुस र युक्रेनमा लडिरहेका नेपालीलाई उद्धार नगरिएको भन्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आलोचना गरेका छन्।

‘यसो हेरे सरकार त छ, तर सरकार छ की छैन? सरकार छ, तर रसियामा अलपत्र परेका ५ जना नेपालीले भारत सरकारसँग हामीलाई उद्धार गरिदिनु प¥र्यो भनिरहेका छन्’, उनले भने।

शाहीले थपे, ‘यहाँ कुर्सी छ, कहिले वारी कहिले पारी, वारी जमुना पारी जमुना बस त्यत्ति छ।’

उनले घटना विवरण व्याख्या गर्दै भन्छन्, ‘गोरखाका कुमार श्रेष्ठ रसियाबाट गोली हान्छन् र गोली लागेर चिच्याउने मान्छे सङ्खुवासभा छन्। अवस्था यस्तो छ। यताको नेपालीले उताको नेपालीलाई गोली हान्छ।’

शाहीले गोरखाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्वमा रहेपनि पीडितहरूलाई उद्धार नगरिको भन्दै दुवै जनाको आलोचना गरे।

‘आफ्नो निर्वाचन क्षेत्रका नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यो देशको उद्धार गर्छन् भनेर कसरी विश्वास गर्ने?’, उनले प्रश्न गरे। 

प्रकाशित: १ चैत्र २०८० १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App