१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाममा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।

त्यस्तै बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पनि सहभागी हुने राप्रपाले निर्णय गरेको छ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो।  

त्यस्तै बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ।

यस्ता छन् बैठकका अन्य निर्णयहरु: 

 

प्रकाशित: २८ फाल्गुन २०८० १९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App