१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी

राष्ट्रिय सभाको अध्यक्षका लागि दुईजनाले मनोनयन दर्ता गराएका छन्।  

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहालले आफ्नो नाम दर्ता गराएका छन् भने नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले नाम दर्ता गराएका छन्।

दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।

यसैगरी कांग्रेसका उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह रहेका छन्।

राष्ट्रिय सभा अध्यक्षको अन्तिम नामावली आजै प्रकाशन हुनेछ भने भोलि राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ।

प्रकाशित: २८ फाल्गुन २०८० ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App