नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन्।
राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ। मंगलबार निर्वाचन हुँदै छ।
प्रकाशित: २७ फाल्गुन २०८० १९:२४ आइतबार