१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आज मन्त्रीपरिषद् विस्तार, जसपाका मन्त्रीले शपथ लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा प्रतिनिधित्व गराउँदै छन्।

नयाँ गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूमध्येको एक दल जसपाका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन।

जसपाले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा दीपक कार्कीलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ।

अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेका हुन। नवलकिशोरलाई वन तथा वातावरण मन्त्री बनाइदैछ। कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्दै छन्।

स्रोतका अनुसार जसपाका प्रतिनिधिहरूले ११ बजेपछि मन्त्रीको शपथ  लिने तयारी छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १०:२१ आइतबार

जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीपरिषद् उपेन्द्र यादव नवलकिशोर साह