१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भ्रष्टाचार सरकारको पर्यायवाची शब्द: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भ्रष्टाचार सरकारकाे छायाँ जस्तै भएको बताएका छन्।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरद्वारा आयोजित तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिताका विजयी टिमहरूलाई पुरस्कार प्रदान गर्दै शनिबार उनले भ्रष्टाचार सरकारको पर्यायवाची शब्द भएको बताए। उनले खेलाडीहरूबाट नेताहरुले धेरै सिक्नुपर्ने समेत बताए।

‘जसरी खेलाडीहरू खेल जित्नका लागि लागिपर्छन् त्यसरी नै नेताहरु देश बनाउन लाग्नुपर्छ’, उनले भने, ‘खेलाडी जस्तै नेताहरु पनि अनुशासित हुने हो भने देश बन्छ।’

उनले नेताहरु इमानदार भए देश बन्न ठूलो कसरत आवश्यक नपर्ने पनि बताए।

यो पनि पढ्नुहोस्

तेस्रो भक्तपुर कपको उपाधि पाण्डुबजार एफसीलाई

प्रकाशित: २६ फाल्गुन २०८० १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App