१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा बढ्यो चहलपहल

मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारका १६ मन्त्रीको नियुक्ति र शपथ र कार्यभार नतोकिएका तीन मन्त्रीको कार्यभार तोकिएपछि बुधबार साँझदेखि नै विभिन्न मन्त्रालयमा कर्मचारी, सम्बन्धित पार्टी र मन्त्रीका समर्थक र सञ्चारकर्मीको भीड बढेको हो।

सहरी विकासमन्त्रीबाहेक नवनियुक्त उपप्रधानमन्त्रीत्रय र मन्त्रीहरुले बुधबार राति नै आफ्ना मन्त्रालयमा पुगेर पदबहाली गरिसकेका छन्। आज बिहान ९:३० बजेदेखि नै कतिपय मन्त्रीहरु कार्यकक्षमा पुगेर सचिवलगायत कर्मचारीबाट ब्रिफिङ लिन सुरु गरिसकेका छन्।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन गरेपछि नयाँ मन्त्रीमण्डल बिस्तार भएको हो।  

प्रकाशित: २४ फाल्गुन २०८० १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App