१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिस्ट एकताको पहल थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौं।’

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो।

भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए। कम्युनिस्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र) ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ। –रासस

प्रकाशित: २१ फाल्गुन २०८० १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App