१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

जनताको अपेक्षा अनुसार विकास भएन: आरजु राणा

फाइल तस्बिर।

नेपाली कांग्रेस सांसद डा. आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छिन्।

सोमबारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरिन्। ‘बजेट दिनका लागि सांसदहरु हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन सकेका छैनन्।’ उनले भनिन्।

उनले सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन्। 

कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै उनले प्रश्न समेत गरिन्।

प्रकाशित: १४ फाल्गुन २०८० १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App