राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर व्याजीहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई तत्कालीन र अल्पकालीन सुझाव दिएका छिन्।
उनले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ती सुझाव दिएकी हुन।
‘कानुन सम्मत भयो भन्दैमा न्यायोचित हुँदैन, धेरै वटा कुरा छन्’, उनले आफ्नो सुझावका क्रममा भनिन्।
उनले प्रधानमन्त्रीलाई मिटरव्याजीहरूको समस्या समाधानका लागि सुझाव दिँदै भनिन, ‘तपाईँले भन्ने गरेको जनवादको वर्ग यो वर्गका लागि चाहिएको छ। तपाईँले निर्णायक काम गर्नुपर्यो। हरेक जिल्लामा पीडितलाई छिटो न्याय दिलाउन पूर्वन्यायाधिश सम्मिलित मिटर ब्याज इजलास बनाउनुहोस्। छानबिनका लागि के स्रोत चाहिन्छ त्यो दिनुस्। अहिलेको लम्मेतान प्रक्रियामा पीडितले न्याय पाउँदैन। यो तत्काल गर्नुहोस्।'
उनले मध्यकालीन सुझाव दिँदै भनिन, ‘समाजशास्त्रहरूलाई खटाउनुहोस्, पत्ता लगाउनुहोस्, किन लिन्छन् आम मानिसले चर्को व्याजमा ऋण ? कति लिन्छन्। स्वास्थ्यका लागि हो भने विपन्न वर्गको कार्ड दिनुहोस्। टाक्सफोर्स बनाएर कार्ड दिनुहोस्। सरकारी सुविधाहरूमा सरलै पहुँच बनाउनुहोस्।’
सांसद श्रेष्ठले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा कोर्स बनाउन पनि सुझाव दिएकी छिन्। ‘राष्ट्र बैंक निगरानीमा यो वर्गलाई सहुलियत ब्याजदरमा दिने दिने जिम्मेवारी दिनुहोस्’, उनले भनिन, ‘सामन्तवादको विरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्री ज्यू१ अहिले सामन्तवादकै प्रतीक मिटर ब्याजका साहुकारहरूलाई विभिन्न राजनीतिक मान्छेहरूले प्रशय दिएको कुरा हिजो थाहा पाए। एउटा तत्काल अन्त्य गर्नुहोस्।’
प्रकाशित: १३ फाल्गुन २०८० १२:१५ आइतबार