१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीको हिउँदे अधिवेशन: बन्ने भएन संसदीय समिति

सरकारमा रहेका दलहरुको किचलोका कारण लुम्बिनी प्रदेशसभाले हिउँदे अधिवेशन सुरु हुनु अघि विषयगत समिति नपाउने देखिएको छ।

प्रदेशसभाको हिउँदे अधिवेशन आगामी १८ गते देखि सुरु हुँदै छ। तर सरकारमा रहेका दलहरु बिच सहमति कायम हुन नसक्दा संसद्का विषयगत समिति अपूर्ण नै रहने भएका हुन्।

सरकारका एक मन्त्रीले संसद्का विषयगत समितिले संसद्को हिउँदे अधिवेशन अगावै पूर्णता नपाउने बताए। ‘अब विषयगत समितिको नेतृत्व चयनको काम चैत महिनामा जान सक्छ,’ ती मन्त्रीले भने ‘१८ गते अगाडी समितिले नेतृत्व नपाउने अवस्था छ।’

उनका अनुसार १८ गते देखि हिउँदे अधिवेशन प्रारम्भ हुने र १९ गते प्रदेशसभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने छन्।

त्यसपछि संसद्को बैठक स्थगित हुने बताइएको छ। प्रदेश सरकारले विदेशी अति विशिष्ट व्यक्तिहरूसँग लुम्बिनीमा कार्यक्रम आयोजना गर्न लागेकाले संसद्को बैठक स्थगित हुने र सरकार उक्त कार्यक्रमको तयारीमा लाग्ने बताइएको छ।

यो कार्यक्रम आगामी २८ र २९ गते हुँदै छ। ‘१८ गते संसद्को अधिवेशन प्रारम्भ हुन्छ र १९ गते सांसदलाई प्रधानमन्त्री ज्यूले सम्बोधन गर्नुहुनेछ,’ सरकार स्रोतले भन्यो ‘त्यसपछि बिदेसी विशिष्ट व्यक्तिहरूसँग कार्यक्रम गर्नु पर्ने भएकाले सरकार त्यसको तयारीमा लाग्छ, यो बेला संसद् स्थगित हुन्छ।’

यो कार्यक्रम सकिएपछि संसद्का अरु बैठक चैतमै बस्ने स्रोतले बतायो। विषयगत समितिको नेतृत्व चयनको प्रक्रिया पनि त्यही बेला हुने बताइएको छ।

सरकारमा रहेका ठूला दल र साना दलहरु बिच बेमेल बढेपछि संसदीय समितिको नेतृत्व चयनको विषय जटिल बन्दै गइरहेको छ। 

सरकारमा रहेका साना दलहरुले समेत विषयगत समितिको नेतृत्व पाउनु पर्ने अडान लिएपछि सरकारमा रहेका ठूला दल कांग्रेस र माओवादीलाई साना दलहरुको माग सम्बोधन गर्न असहज बनिरहेको छ।

यो असहजताकै कारण सरकारले विषयगत समितिको नेतृत्व चयनको प्रक्रिया नथाल्न सांसदलाई आग्रह गर्दै आएको छ। सरकारको यो आग्रहका कारण संसद्ले पनि विषयगत समितिको नेतृत्व चयनको प्रक्रिया अगाडी बढाउन सकिरहेको छैन। प्रदेशमा ६ विषयगत समिति छन्।

प्रकाशित: १२ फाल्गुन २०८० १९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App