२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठकः पाँच मिनेटमा पाँच प्रतिवेदनमाथि सुझाव दिनुपर्ने

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ। 

समूहगत छलफलमा सहभागीहरूले म‌‌गलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहनु भएको छ। आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ। 

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ। कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुनेछ।

समूहगत छलफलमा आज सबै सहभागीहरूले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए। ‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरूको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं । सबै सदस्यहरूले आफ्ना धारणा तथा सुझावहरू राख्न पाउनु हुनेछ’, उनले भने।

प्रकाशित: ९ फाल्गुन २०८० १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App