१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

दिउँसो प्रधानमन्त्रीको आलोचना, बेलुका बालुवाटारमा भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटघाट भएको छ।

एमाले केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको कडा आलोचना गरेपछि साँझ प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका थिए।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस महासमिति बैठकमा व्यस्त भएको र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बहस चलिरहेका बेला उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

मंगलबार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गरेपछि भेटघाट भएको हो।

ओलीले आफैले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए।

प्रकाशित: ८ फाल्गुन २०८० २२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App