१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नक्कली खोरलाई होइन, दूधलाई अनुदान दिईन्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन्। 

पोखरामा बिहीबार देखी सुरु भएको ११ औं संस्करणको लिटरेचर फेस्टिभललाई सम्बोधन गर्दै उनले हिजोजस्तो नक्कली किसानलाई नभई उत्पादनका आधारमा अनुदान वितरण गरिने बताएका हुन्।

‘मैले न हिजो नक्कली बोट, नक्कली खोरका लागि वा नक्कली भैंसीका लागि पैसा बाँडेको थिएँ,’ उनले भने, ‘अब पनि नक्कलीलाई बजेट बाँडिँदैन। नक्कली खोर र बोटका लागि होइन अब दूधका लागि अनुदान वितरण गरिन्छ।’ 

उत्पादनमा आधारित भएर अनुदान वितरण गर्नका लागि नै यसअघि खोर, भैंसी र बोटका आधारमा दिइने अनुदान रोकिएको र अब उत्पादन हेरेर अनुदान वितरण गरिने उनको भनाई छ।

मुख्यमन्त्री पाण्डे अघि बोलेका गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्यबहादुर खड्का बिखर्चीले सरकारले साहित्य र कलालाई बजेट नदिने तर नक्कली किसान र खल्तीमा बोकेर हिँडेका गोठ र बोटका कागजका आधारमा अनुदान दिने गरेको भन्दै आलोचना गरेका थिए। 

त्यसको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले नक्कली किसानलाई अनुदान नदिइएको जिकिर गर्दै भने, ‘बरु तपाईंहरु साहित्य र कलाका लागि बजेट लैजानुस्।’

प्रकाशित: ३ फाल्गुन २०८० १७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App