१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मध्यरातमा बालेनको स्टाटसः सरकार र व्यापारीमा को चोर? फरक थाहा छैन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकार र व्यापारीमा केही फरक नभएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो भनेका हुन्।

उनले शनिबार मध्यरातमा यस्तो स्ट्याटस लेखेका छन्, ‘सरकारलाई व्यापारी चोर जस्तो लाग्यो रे, व्यापारीलाई सरकार चोर जस्तो लाग्छ, हामीलाई दुईटैमा फरक थाह छैन!’

मेयर बालेनले आफ्ना प्रतिक्रियाहरु अधिकांस पटक व्यङग्यात्मक रुपमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्दै आएका छन्।

उनले कहिले काही कविता मार्फत व्यक्त गर्छन भने कहिले घुमाउरो पाराले लेख्ने गरेका छन्।

प्रकाशित: २८ माघ २०८० ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App