१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता टिकाउन हाईप्रोफाईलका ठगहरुलाई सरकारले संरक्षण गर्‍यो: महेश बस्नेत

नेकपा (एमाले)का नेता महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताएका छन्।

भरतपुर विमानस्थलमा शुक्रबार(आज)पत्रकारसँग कुराकानी गर्दै नेता बस्नेतले वित्तीय अपराध गरेको प्रशस्त प्रमाण हुँदासमेत अनुसन्धान अगाडि नबढाएको आरोप लगाएका हुन्।

‘सत्तामा रहेका प्रधानमन्त्री र मन्त्रीलाई केही गरी हाम्रो सरकार ढाल्यो भने अंक गणितका लागि अन्य असंख्यक तथ्य प्रमाण र आधारहरू हुँदा हुँदै पनि हाई प्रोफाइलका सहकारी ठगहरू अनुसन्धानमा आउने स्थिति छैन, नेता बस्नेतले रास्वपाका सभापति रवि लामिछाने प्रति सङ्केत गर्दै भने, ‘सहकारीको १७ करोडभन्दा बढी रकम ग्यालेक्सी टिभीमा लगानी गरेको प्रमाण भेटिएको छ। अनुसन्धानमा सरकार लागेको छैन।’ उनले पोखरा, चितवन र बुटवलको सहकारीबाट लामिछानेको प्रत्यक्ष सहभागितामा  नियम विपरीत ग्यालेक्सी टिभीमा लगानी भएको बताए।

‘ग्यालेक्सी छिभि खोल्दा उहाँले खाने तलब देखि शेयरसम्मका कुराबाट कास्की, चितवन लगायतका जनताले दुःख गरेर जम्मा गरेको पैसाको दुरुपयोग भएको छ  उनले भने ‘कानुनको अनविज्ञता प्रकट गर्दै आफू बच्दै अरु माथि हिलो छ्याप्ने काम भएको छ।’

उनले अदालत समेत सरकारको सेटिङमा चलेको बताएका छन्। उनले अरुण चौधारी तर्फ सङ्केत गर्दै जग्गा घोटला लगायतका काण्डमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न नदिई उन्मुक्ति दिएको आरोप लगाए। सत्ता टिकाउनका लागि सरकारले जस्तो सुकै काम गर्न तयार भएको उनको जिकिर छ। राजनीतिक अस्थिरताका कारण देशमा अनियमितता बढेको उनको बुझाई छ। नेकपा एमालेले महँगी, भ्रष्टाचार विरुद्ध हुलाकी राजमार्गमा दबाब यात्रा गर्ने उनले बताए।

प्रकाशित: २६ माघ २०८० १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App