२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीको दाबीः अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन्

अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन्।

बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताए। उनले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए। वैशाख १६ र१७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन उनले आग्रह गरे। अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए।

उनले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताए। उक्त सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने उनले बताए। उनले शुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताए। लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको उनको भनाइ छ।  

प्रकाशित: २५ माघ २०८० ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App