२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुशासनको सवालमा सरकार ‘फेल’: एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार सुशासनको सवालमा सम्पूर्ण रूपले ‘फेल’ भएको बताएका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सुशासन कायम गर्ने सवालमा सरकार अत्यन्तै गलत ठाउँमा उभिएको छ। भ्रष्टाचार व्याप्त बनाउने र कुशासनको पक्षमा उभिएको छ। नेकपा एमालेले यसको पाइपाईको हिसाब राख्छ, खोज्छ।’

गिरीले सरकार स्वयं तस्करीमा संलग्न भएको र  तस्करहरूको संरक्षण गरिरहेको आरोप पनि लगाए। उनले पछिल्ला काण्ड र प्रकरणहरू छानबिनका नाममा बनाइएका संयन्त्रहरूले दिने कुनैपनि प्रतिवदेनहरु सरकारले कार्यान्वयन नगर्ने ठोकुवा गर्दै भने, ‘यी सबै जनतालाई भ्रम पार्ने बाहेक अरू केही कुरा हुन सक्दैन।’

गिरीले पछिल्ला विभिन्न घटनाक्रमहरूको व्याख्या गर्दै सरकारको गतिविधि हेर्दा लाज मानेर हिँड्नुपर्ने अवस्था आएको बताए। ‘गठबन्धनले बुझोस् जनता भन्दा ठूलो कुरा कुनै दलाल होइन, तस्कर होइन। जनताको आक्रोश आँधी भएर आउँछ। धरातल फुस्किनेछ’, उनले भने। 

प्रकाशित: २४ माघ २०८० १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App