१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको निर्देशन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।

मंगलवार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्र्र्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो।

कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए। बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो।

प्रमुख सचेतक यादवले भने, ‘आज संसदीय दलको बैठकमा जुन हिउँदे अधिवेशन हिजोबाट शुरु भएको छ। त्यो अधिवेशनको बारेमा छलफल भयो। अरु समसामयिक विषय पनि छलफल भयो। अब हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरुको भुृमिका कस्तो रहने? अनि जनता समाजवादी पार्टीका सांसदहरुले अधिकभन्दा अधिक समितिहरुमा भाग लिएर विधेयकहरु बनाउने र संसदमा चाहीँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो। र, यही विषयमा हाम्रो निर्णयहरु पनि भयो। अब हिउँदे अधिवेशन सुरु भएको छ। हिउँदे अधिवेशनको जुन क्यालेन्डर जारी भएको छ। त्यो क्यालेण्डर अनुसार हामीले बढिभन्दा बढि उपस्थित हुने र विधेयकमा भाग लिने, कानून बनाउन भाग लिने। अनि यो खास गरेर जनता समाजवादी पार्टीको जुन भुमिका हुन्छ। त्यो आफ्नो देखाउने। बैठकमा चुरे संरक्षणको विषयमा चर्चा भयो। अहिले सरकारले एउटा वन ऐन ल्याइराखेको छ। त्यो विषयमा पनि गम्भिर छलफल भयो।’

प्रकाशित: २३ माघ २०८० १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App