६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

२५ पद रिक्त, उपनिर्वाचन गर्न निर्वाचन आयोगले छलफल थाल्यो

निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो।

छलफलकै क्रममा आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर उपनिर्वाचनबारे छलफल गरेको मन्त्रालय स्रोतले जनाएको छ। 

प्रमुख आयुक्त थपलियाले आयोगको हालसम्मको तयारीबारे उपप्रधानमन्त्री खड्कालाई ब्रिफिङ गर्दै उपनिर्वाचनको वातावरण बनाउन आग्रह गरेको बताइएको छ।

प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर–२ रिक्त छ। जहाँबाट निर्वाचित नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो।

प्रदेशसभा तर्फ सुदूरपश्चिम प्रदेश बझाङको प्रदेश निर्वाचन क्षेत्र नम्बर–१ रिक्त छ। त्यहाँबाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो।

यस्तै आयोगका अनुसार अन्य रिक्त पदमा जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र १७ वडाध्यक्ष पद रिक्त छन्।

प्रकाशित: २१ माघ २०८० १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App