राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवनमा आज अपराह्न भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताए।
राष्ट्रपतिले काठमाडौंस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गरेका थिए।
प्रकाशित: १७ माघ २०८० ११:५१ बुधबार