३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय समितिमा मन्त्री गुरुङको आक्रोशः बिना कारण ममाथि नैतिकताको प्रश्न उठाइयो

फाइल तस्बिर

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरुसँग आक्रोश व्यक्त गरेका छन्।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरुको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो टिप्पणी गरेका हुन्। बैठकमा समितिका सदस्यहरुले सो विधेयक अपराधीहरुलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरे। त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरुलाई चेतावनी दिए।

उनले पटक पटक छलफल गरेर सो विधेयक संसद र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रश्तुत भएको भनि सांसदहरुलाई प्रतिप्रश्न समेत गरे। मन्त्री गुरुङले आफूहरुले सांसदहरुको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सचेत गराए। मन्त्री गुरुङले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने पनि बताए। त्यसक्रममा मन्त्री गुरुङले आफू मन्त्री भएपनि निष्ठामा कहिल्यै पनि नडगमगाउने बताए।  

प्रकाशित: १४ माघ २०८० १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App