२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसको धर्म देशको हित गर्नु होः महामन्त्री थापा

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन्। 

शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन्। उनले काँग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताए।

उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए। महामन्त्री थापाले काँग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए। निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पारे। 

प्रकाशित: १२ माघ २०८० १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App