१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गाडीको हेडलाइट बालेपछि कुटिए गाउँपालिका अध्यक्ष

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि कुटपिट भएको छ। घटनामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार गाउँपालिका अध्यक्ष यादवले आफूलाई मधेश प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कारपियो चढेर आएको ६÷७ जनाको एक समूहले आक्रमण गरेको प्रहरीमा खबर गरेपछि खोजतलाश गर्दा जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गासिहपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको गाडी कसको हो भन्ने खुलेको छैन। तर, उक्त गाडीको चालक अशोक राउत रहेको बुझिएको प्रहरीले जनाएको छ। ग्यराति उक्त गाडीमा सवार रहेका अन्य तीनजा भने फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

राति गाउँपालिका अध्यक्ष यादव जनकपुरधामस्थित जिरोमाइलमा रहेको आफ्नो घर जाने क्रममा उनीमाथि जनकपुरस्थित तपसी चौकमा कुटपिट गरिएको थियो।

‘आफू बाहिरको काम सकाएर घर जाँदै थिए, बाटोमा अचानक उनीहरुले मेरो गाडीको सामने आफ्नो गाडी रोकेर गालीगलौज गर्न थाले। मैले वास्ता नगरी त्यहाँबाट अगाडी बढाए,’ यादवले भने,‘त्यहाँबाट थोरै दुरीमा मैले गाडी रोकेर फोनमा कुरा गर्न थाले पछि फेरि उनीहरु फर्केर आएर गालीगलौज गर्दै गाडीबाट बाहिर निकालेर कुटपिट गर्न थाले र मेरो मोवाइल पनि खोसेर लगे।’

अध्यक्ष यादवको मोवाइल खोस्ने क्रममा उनको औँला भाँचिएको छ।

प्रहरी नियन्त्रण रहेका दुईजनासँग घटनाको विषयमा प्रहरीले सोधपुछ गर्दा उनीहरुले आफू बाटोमा जाँदै गर्दा अध्यक्ष यादवले गाडीको पास लाइट बालेको कारणले सामान्य विवाद भएको बताएका छन्।

प्रकाशित: ७ माघ २०८० ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App