१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्।

आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।

उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी दिँदै भने, ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ।’

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनितिक पहलबाट टंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे। ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन्’, उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’

पञ्चेश्वर परियोजना ब्रेक थ्रको विन्दुमा  

मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन्। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रुक हुने बताए।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने मन्त्री साउदले विश्वास व्यक्त गरे। उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए।

प्रकाशित: २७ पुस २०८० ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App