१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: राष्ट्रिय सभा सदस्यको तीन सिटका लागी उम्मेदवारी दर्ता हुँदै

सत्ता गठबन्धनमा नेपाली काँग्रेसलाई २ र माओवादीलाई १ सिट भाग

सुदूरपश्चिम प्रदेशमा ३ जना राष्ट्रिय सभा सदस्य पदका लागी आज सोमवार मनोनयन दर्ता हुँदै छ। सहायक निर्वाचन अधिकृत प्रेम भट्टका अनुसार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने कार्य तालिका छ। सुदूरपश्चिममा अन्यतर्फ १, महिला १ र अपाङ्ग तथा अल्पसंख्यक एक जनाको लागी अगामी माघ ११ गते हुने निर्वाचनका लागी उम्मेदवारी दर्ता हुन लागेको हो।

सत्ता गठबन्धनमा अन्यतर्फ १ र अपाङ्ग तथा अल्पसंख्यक १ गरी २ सिट नेपाली काँग्रेसलाई र महिला तर्फ १ माओवादी केन्द्रको भागमा परेको छ। नेपाली काँग्रेसले अन्यबाट कञ्चनपुरका बलबहादुर बोहरा र अपाङ्ग तथा अल्पसंख्यकबाट कैलालीका नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ, भने माओवादी केन्द्रबाट महिलामा बैतडीका रेणु चन्दले टिकट पाएकी छन्।

अगामी फागुन महिनामा नेकपा माओवादी केन्द्रका  हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावदी सकिँदै छ। सुदूरपश्चिममा माओवादी केन्द्रले एक सिट गुमाउने भएको छ।

नेकपा एमालेले अन्य बाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलाबाट कैलालीका सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम प्रदेशमा २ सय २८ मतदाता रहेका छन्।

५२ जना प्रदेश सभा सदस्य र  १ सय ७६  स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता रहेका सहायक निर्वाचन अधिकृत भट्टले बताए। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको छ।

प्रकाशित: २३ पुस २०८० ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App