१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

विराटनगर – प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।

मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शेरधन राईले पहिलो बैठकको निर्णय सुनाउँदै भने, ‘प्रदेश १ मा परिवर्तनका लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनक्रममा शाहदत प्राप्त गरेकाहरूको सम्मानमा नमूना बस्ती निर्माण गर्ने निर्णय गरिएको छ ।’ उनका अनुसार ताप्लेजुङको ढुंगेसा“घु, झापाको सुखानी, ओखलढुंगाको रामपुर, धनकुटाको छिन्ताङ, भोजपुरको वासीखोरा र पूर्णैडा“डा, संखुवासभाको स्याबुङ, पा“चथरको पहेंलेकोट, तेह्रथुमको आम्दुङ र आठराईमा  सहिदको स्मृतिमा नमुना बस्ती बनाइने छ। 

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४ र लिखत प्रमाणीकरणसम्बन्धी कार्यविधि पनि  पारित गरेको छ ।

पाँच सदस्यीय मन्त्रिपरिषद् 

यसअघि बिहीबारै मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हिक्मत कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जीवन घिमिरे सामाजिक विकास मन्त्री, इन्द्र आङ्बा आर्थिक मामिला तथा योजना मन्त्री र जगदीशप्रसाद कुसियत उद्योग पर्यटन तथा वातावरण मन्त्री भएका छन् । 

विराटनगरस्थित वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीसहित  मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्ले पद तथा गोपनीयताको शपथ गराएका थिए ।  मुख्यमन्त्री राईले देश र जनताका नाममा शपथ लिए भने मन्त्रीहरूले देश, जनता र ईश्वरको नाममा शपथ गरे । चार मन्त्रीमा ३ जना एमाले र एक माओवादी केन्द्रका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा महिलालाई पनि समेट्ने मुख्यमन्त्री राईले बताएका छन् । भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारीलगायत केही मन्त्रालयको जिम्मेवारी  मुख्यमन्त्री आफैंले लिएका छन् । 

मन्त्री प्रोफाइल 

हिक्मत कार्की
आन्तरिक मामिला तथा कानुनमन्त्री 

कार्कीले कानुनमा स्नातकोत्तर गरेका छन् । २०२१ सालमा जन्मिएका कार्की २०३६ सालदेखि राजनीतिमा लागेका हुन्। उनी  एमाले  केन्द्रीय सदस्य पनि हुन् । उनले प्रदेश १ लाई नामको मात्रै हैन कामको पनि १ नम्बर बनाउने बताए। प्रदेशमा शान्ति सुव्यवस्था, कानुन निर्माण र प्रेस स्वतन्त्रताका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने उनले बताए। अनेरास्ववियुका पूर्वअध्यक्ष उनी झापा निर्वाचन क्षेत्र ५ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुन्।

जगदीशप्रसाद  कुसियत
उद्योग, पर्यटन तथा वातावरण मन्त्री 

सुनसरी निर्वाचन क्षेत्र ४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित कुसियत २०१६ सालमा जन्मिएका हुन्। २०३३ सालदेखि राजनीतिमा सक्रिय कुसियत सुरुमा नेपाल कम्युनिस्ट पार्टी बर्मासमूहका कार्यकर्ता थिए । उनी नेपाल विद्यार्थी संगठन बर्मा समूहका केन्द्रीय सदस्यसमेत भएका थिए । भूमिगत कालमा सुनसरी जिल्ला सचिव बनेका उनी राष्ट्रिय परिषद् सदस्य पनि भए। २०४७ सालमा एमालेस“ग पार्टी एकता भएपछि उनी जिल्ला कमिटी सदस्य बने । २०५१ सालको मध्यावधि निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालास“ग पराजित उनी २०५३ सालमा भएको उपनिर्वाचनमा भने प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी एमाले नवौं महाअधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। 

जीवन घिमिरे
सामाजिक विकास मन्त्री 

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित घिमिरे २०१८ सालमा जन्मिएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । युवासंघ केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला सदस्य, कोसी अञ्चल इन्चार्ज हु“दै उनी अहिले पार्टी केन्द्रीय सदस्य छन् । उनले आफूले पाएको जिम्मेवारी इमानदारीसाथ पूरा गर्ने र समृद्ध्र प्रदेशको सपना साकार पार्ने बताए । 

इन्द्र आङ्बो 
आर्थिक मामिला तथा योजना मन्त्री 

२०३९ सालमा पाँचथरमा जन्मिएका आङ्बो ‘सशस्त्र द्वन्द्व’ कालदेखि माओवादीमा आबद्ध भई राजनीतिमा सक्रिय छन् । २०५६ मा माओवादीको पूर्णकालीन सदस्य बनेका उनी तत्कालीन अवस्थामा पार्टीको जनमुक्ति सेनाका छिन्ताङ सुखानी स्मृति ब्रिगेड कमान्डर थिए । उनी अहिले माओवादी केन्द्र स्थायी समिति सदस्य हुन् । पाँचथर (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित आङ्बो माओवादी कोटाबाट मन्त्री नियुक्त भएका हुन् ।  

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App