६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। 

आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन्। जसमा प्रदेशसभामा प्रतिमतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ। दुवैतर्फ गरेर दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ।

प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ जना गरी तीन सय ६७ जना मतदाता रहेको छ। कोशी प्रदेशसभा सदस्यको मतभार चार हजार नौ सय २९ रहेको छ। पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख गरी पाँच हजार दुई सय ६ मतभार छ। कोशी प्रदेशमा कूल १० हजार एक सय ३५ मतभार कायम हुने उल्लेख गरिएको छ।

त्यस्तै मधेस प्रदेशमा प्रदेशसभा सदस्यको एक सय सात, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको पाँच हजार ७३ गरी जम्मा १० हजार सात सय ४४ मतभार कायम हुनेछ।

बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ एक सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय ३७ गरी जम्मा तीन सय ४७ जना मतदाता कायम भएका छन्। बागमतीमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार आठ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार पाँच सय तीन गरी जम्मा १० हजार तीन सय ३३ मतभार कायम हुनेछ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फका मतदाता एक सय ७० गरी जम्मा दुई सय ३० जना मतदाता कायम भएका छन्। गण्डकीमा प्रदेशसभा सदस्यको मतभार तीन हजार एक सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार तीन हजार दुई सय ३० गरी जम्मा ६ हजार चार सय १० मतभार कायम हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय १८ गरी जम्मा तीन सय पाँच जना मतदाता कायम भएका छन्। लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार एक सय ४२ गरी जम्मा आठ हजार सात सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ।

कर्णालीमा प्रदेशसभा सदस्यको सङ्ख्या ४० छ। पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन्। प्रदेशसभाको मतभार दुई हजार एक सय २० र पालिकाको दुई हजार नौ सय ६४ गरी कर्णालीमा जम्मा मतभार पाँच हजार ८४ हुनेछ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन्। जसअनुसार प्रदेशसभा सदस्यको दुई हजार सात सय ५६ र पालिकाका तीन हजार तीन सय ४४ गरी जम्मा ६ हजार एक सय मतभार कायम रहेको आयोगले जनाएको छ।

प्रकाशित: २२ पुस २०८० १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App