१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा राप्रपालाई पनि १ सिट! हुँदैछ छलफल

राष्ट्रिय सभा सदस्य भागबण्डामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एक सिट पाउने सम्भावना बढेर गएको छ।

शनिवारसम्म ‘सिन’मा नआएको राप्रपालाई आज बिहानको शीर्ष नेताहरूले बैठकले एक सिट दिन सकिने विषयमा छलफल अघि बढाएको स्रोतले बतायो।

शनिवारको अबरेसम्मको बैठकले टुङ्ग्याएको सिट सङ्ख्यामध्येबाटै राप्रपाले एक सिट पाउने सम्भावना रहेको स्रोतले बतायो। ‘माओवादी केन्द्रको एक सिट काटेर राप्रपालाई एक सिट दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ’, स्रोतले भन्यो।

शनिवार रातिको बैठकमा माओवादीका लागि ६ सिट छुट्टाइएको थियो। यही ५ सिटमध्येबाट राप्रपालाई एक सिट दिने तयारी भइरहेको छ।

शनिवार रातिको सहमतिमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएका थिए। उनले आफ्नो पार्टीलाई दिने भनिएको २ सिट अपुग रहेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले ३ सिट दाबी गरेका थिए।

शनिवार रातीको सहमति अनुसार कांग्रेस १०, माओवादी केन्द्र ६, समाजवादी २ र जनता समाजवादी पार्टी (जसपा) १ सिट छुट्टाइएको थियो।

माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुदैछ। यही मिलाउन शीर्ष नेता र नेताहरू पछिल्ला दिनहरूमा नियमित बैठकमा छन्। फागुन २० गतेदेखि राष्ट्रपतिले मनोनयन गरेका १ र १९ गरी २० वटा सदस्य पद रिक्त हुँदैछन्।

प्रकाशित: २२ पुस २०८० ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App