१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा भागबण्डा मिलाउन शीर्ष नेताहरू बालुवाटारमा, सार्थक होला त अध्यक्ष नेपालको अडान?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिवार राति १२ बजेसम्म भएको राष्ट्रिय सभा सदस्य भागबन्डाका विषयमा सत्तारुढ दलहरूको बैठकमा असहमति जनाएर बाहिरिए। उनी बाहिरिएपछि बैठकमा एकै छिन हल्लीखल्ली भयो।

‘आफ्नो दलको भागमा मात्र २ सिट’ भन्दै शनिवार राति बैठकबाट बाहिरिएका अध्यक्ष नेपालकै कारण आइतबार बिहान फेरी त्यही विवाद टुङ्ग्याउन बालुवाटारमा बैठक बसिरहेको छ। बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी छन्।

त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।

राष्ट्रिय सभा सदस्यको १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट लिने सहमति भएको नेताहरूले बताएका थिए।

तर यो सहमतीमा बैठकमा उपस्थित अध्यक्ष नेपालसहित उनका पार्टीका अन्य नेताहरूको भने असहमति थियो। त्यही असहमतिलाई सम्बोधन गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।

त्यसो त भागबन्डमा आफूहरूलाई एक सिट पनि नदिइएको भन्दै सत्तामा रहेका साना दलका नेताहरू पनि शनिवार साँझ बैठक छाडेर बिचबाटै निस्किएका थिए। साना दलहरू रिसाएर निस्किए भन्दा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको अडानले अन्य शीर्ष नेताहरूलाई अप्ठेरोमा पारेको छ।

के आइतबारको बैठकले निकाल्ला त समाधान? सार्थक होला त अध्यक्ष नेपालको अडान?

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदै छ। यीमध्ये एमालेबाट सबैभन्दा बढी ८ जना, कांग्रेसबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना, जनता समाजवादी पार्टी (जसपा) बाट १ जना रिक्त हुँदैछन्। विशेष गरी एमालेबाट रिक्त हुन लागेका सिटहरूमा सत्ता गठबन्धनले भागबण्डा गरिरहेका छन्।

प्रकाशित: २२ पुस २०८० ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App