१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, दलहरूबीच आज पनि छलफल

सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको मुद्दा पेचिलो बन्दै गएको छ।

सत्ताधारी दलहरूबिच अझैपनि राष्ट्रिय सभा निर्वाचनको सिटसम्बन्धी विवाद कायमै छ। त्यही विवाद मिलाउन गठबन्धन दल र तीनका शीर्ष नेताहरू आज बिहान पनि छलफलमा जुट्ने भएका छन्।

ती दलका नेताहरूको बैठक अहिले बिहान ८ बजे बस्ने जनाइएको छ।  यी दलहरू १९ सिटमा भागबण्डा मिलाउने प्रयास गरिरहेका छन्। यसअघि भएका सहमती अनुसार सात वटै प्रदेशको लगभग भागबण्डा मिलि सकेको छ।

तर नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मको सहमतीमा चित्त बुझाएका छैनन्। उनले आफ्नो पार्टीले तीन सिट पाउनुपर्ने अडान राख्दै आएका छन्। आजको छलफलमा उनको मागलाई सम्बोधन गर्ने प्रयास गरिने जानकारी एक नेताले दिए।

सत्तारुढ दलहरूले यसअघि कुन प्रदेशबाट कुन दलको उम्मेदवार निर्वाचन उठ्ने भन्ने कुरा लगभग निक्र्यौल गरिसकेका छन्।

सिटको बाँडफाँट टुङ्गो लगाउन शनिवार साँझ ७ बजेदेखि बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठक राती १२ बजेसम्म चलेको थियो। तर हिजोको त्यो बैठकले पनि भागबन्डा टुङ्ग्याउन सकेन। त्यसैले आज बैठक बस्न लागेको हो। 

प्रकाशित: २२ पुस २०८० ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App