२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आजपाले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहका बिचमा भेटघाट भएको छ।

 प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्रीले आजपाले उठाएका माग पुरा गर्ने आश्वसन  दिएका हुन्। प्रधानमन्त्रीले आजपा अध्यक्ष साहसँग आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै सरकारको तर्फबाट दुई दिनभित्रमा आफूले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ। 

भेटमा अध्यक्ष साहले भन्सारबाट पुरस्कारको नाममा अन्यले लिदै गरेको कमिसनको व्यवस्था हटाउँदा देश र सरकार नै बलियो हुने र देशलाई समृद्ध बनाउनका लागि सरकारलाई मदत पुग्ने प्रधानमन्त्री दाहाललाई बताए।राज्यको राजस्वमा जम्मा हुनुपर्ने रकम पुरस्कारको नाममा व्यक्तिहरूको खातामा गइरहेकाले त्यसलाई रोक्नुपर्ने सुझाव उनले दिए।

प्रकाशित: २० पुस २०८० १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App