१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतले दिने २० करोड मापदण्ड र प्रक्रिया अनुसार खर्च हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौता मापदण्ड अनुसार कार्यान्वयनमा जाने बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री दाहालले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) अन्तर्गत नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्च गर्ने मापदण्ड र प्रक्रिया रहेको बताए।

उनले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने पनि प्रष्ट पारेका हुन्।

बैठकमा सांसदहरूले सम्झौताबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री दाहालले भने, ‘एचआइसिडिडी अन्तर्गत भारतले दिने रकम ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो। तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन, प्रक्रिया छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नगरपालिकाबाट गर्ने हो। तर, यहाँहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। बढी व्यवहारिक बनाउन लागिनेछ।’

बिहीवार नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।  

प्रकाशित: २० पुस २०८० ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App