१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वराजा शाह भन्छन्: राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गएको बताएका छन्। देश झन झन परावलम्बी, परनिर्भर हुँदै जाँदा मुलुकको स्वाभिमान पनि खुम्चँदै गएको उनले बताए।

भैरहवामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशको स्वतन्त्र पहिचान खुम्चिँदै गएको बताएका हुन्। ‘वीरता,पराक्रम,पुरुषार्थ,र उच्च मूल्यमान्यता,उच्च गौरवशाली इतिहास भएको हाम्रो देसलाई अहिले सबैले(अरूले)छड्के नजरले हेर्ने हेप्ने,अपमानित हुने अवस्थामा पुर्‍याइएको छ’ उनले भने।

वर्तमान राजनीतिक अवस्था प्रति घुमाउरो शैलीमा आक्रोश व्यक्त गर्दै उनले देसलाई खोक्रो पार्ने गरी चलिरहेको अहिलेको चलनचल्तीलाई अन्त्य गर्नु पर्ने बताए। वर्तमान राजनीति प्रति लक्षित गर्दै उनले भने ‘देसलाई खोक्रो पार्ने गरी गरी अहिले चलिरहेको चलनचल्तीको अन्त्य हुनै पर्छ।’

सदाचारी राजनीतिको युग बितिसकेको भन्दै उनले नेपाल भित्र हुने र गरिने राजनीति र शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँबायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य सिर्जना गरिएको भन्दै उनले नेपालको एकीकरण देखि आधुनिकीकरण सम्म आफनै बलबुता  र आफनै कार्यसम्पादनबाट अगाडी बढ्न सफल भएको उल्लेख गरे। मुलुकको इतिहास स्मरण गर्दै के गर्दा के कस्तो विधि र व्यवस्था अँगाल्दा राष्ट्र र जनताको सर्वोत्तम हित हुन्छ नेपाली  आफैले तय गर्ने विषय भएको भन्दै उनले अब त्यसै अनुरूपको राष्ट्रिय मान्यता बनाएर अगाडी बढ्न सुझाए। ‘त्यसैले अब आऊ अव सबै एकै ठाउँमा उभियौँ, अनि सोचौँ सबै कुराको समीक्षा गरेर एउटा राम्रो कुराको मार्ग चित्र कोरौँ,देश हामीले नै बनाउने हो,हाम्रै श्रोत साधनको  प्रयोग गरेर देसलाई अगाडी बढाउने हो’ उनले भने। 

राजनीतिक दलहरु प्रति लक्षित गर्दै उनले भने ‘हामी मात्रै ठिक, हाम्रा बाटो मात्रै ठिक अरु सबै बेठिक,अरूको बाटो कुबाटो भन्ने द्वन्द्व, विग्रह  विवादबाट माथि उठेर नेपाली माटो र नेपाली बाटो छोपेर अगाडी बढ्न आग्रह गर्दछु’ पूर्वराजा शाहले भने। सबैको भविष्य सुख्खा सान्ती त्यसमै रहेको भन्दै विगतको दुख पिडा घृणा सबैलाई  बिर्सेर मायाले मायालाई जितेर अगाडी बढ्न आग्रह गरे। भाँचिएको टुक्रालाई जोडौँ, उत्पीडन, अन्याय अत्याचारको  गुनासो कहिले सम्म सुन्ने, अव अन्याय अत्याचारलाई मुक्त गरौँ उनले भने ‘अनुहार हेरी हेरी षडयन्त्र कहिले सम्म गर्ने त्यस्ताको चालबाट आफूलाई बचाइदिऊँ’ उनले भने।

आफू नेपाली जनताको साथमा रहेको भन्दै उनले आफू जता गए पनि जनताले आफूलाई आऊ देश बचाउ,देश बनाऊ,भन्ने जन आवाज गरिरहेको दाबी पनि गरे। ‘म जता जाऊ जता पुगु जन आवाज उठेको सुन्दछु, मलाइ आऊ,देश बचाउ,देशको सभ्यता र समृद्धि बचाउ भनेको सुन्दछु’ उनले भने। आफू कतै नगएको,नेपालीहरू सँगै रहेको र जनताको  सुख्खा दुख्ख, पिडा बाधा नियालिरहेको उनले बताए। ‘म यहीँ उभिएर भनिरहेछु देश बनोस देश बचोस् भन्ने पुर्खौली आवाज बोली रहेको छु।’

नेपालीहरूको बाधा पिडा, हिजो आजको कुरालाई नजिकबाट नियालिरहेको उनले बताए। समाज कानुन र व्यवस्था बिना अस्तित्वमा रहन नहुने भन्दै उनले दश सुहाउँदो र बलियो  आविष्कारहरू मार्फत अगाडी बढ्नु पर्नेमा त्यसो नभएर  देश जर्जर भएको बताए। देशमा गरिबी, बेरोजगारी, कमजोर शैक्षिक प्रणालीले लाखौँ नेपाली युवा जमात बिदेसिन बाध्य भएको उनले बताए। देशको माया नभएर नभई देशको अवस्था बिग्रिएर नेपालीहरू बिदेसिन बाध्य भएको भन्दै उनले यस्तो अवस्थाको अन्त्य हुनु पर्ने बताए। देशमा उत्पादन,शिक्षा,सभ्यता,उद्यम,सिप,इलम, अवसरको  सिर्जना हुनुपर्ने,राष्ट्रिय उत्साहको अवस्था सिर्जना हुने अवस्था बनाउनै पर्ने बताए।

बुद्ध जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा जनतालाई सम्बोधन गर्न पाउँदा गौरव महसुस गरेको बताए। बुद्ध जन्मस्थल, सगरमाथाको देश, सनातनी बौद्धिक संस्कृति विविध  धर्म र सम्पदाको देश अनेक साधन,श्रोत,सम्पदा,संस्कृति, सभ्यता,स्रोतसाधनले भरिपूर्ण रहेको समृद्ध शाली देश यस्तो सुन्दर मनोरम देश भएर पनि हामी आज कता कता हराइ रहेका छौ भागी रहेको बताए।

दुई साता अघि रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज (बिहिबार) भैरहवामा अभिनन्दन गरिएको हो।  धार्मिक स्थलहरूको अवलोकन भ्रमणकालागि भन्दै पुर्वराजा शाह पौष ८ गते रुपन्देही आएका थिए। अभिनन्दन कार्यक्रममा पुर्वराजा शाह,पूर्वरानी  कोमल राज्य लक्ष्मी शाहसहित परिवारका सदस्यहरू सहभागी थिए।

प्रकाशित: १९ पुस २०८० १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App