५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

नेपाल कम्युनिस्ट पार्टी र सरकारबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।

कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रेखा शर्मा र माधव सापकोटा सदस्य छन्। नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उमा भुजेल र अधिवक्ता एकराज भण्डारी सदस्य छन्।

जिल्ला अदालत काठमाडौंले १८ मंसिरमा नेकपाका महासचिव चन्दसहितका नेताहरूमाथि राज्य विरुद्धको कसुरमा ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। अदालतमा राज्यविरुद्धको कसुरमा विश्वकर्मा, राजु कार्की, माइला लामा विरुद्ध पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको छ।

प्रकाशित: १३ पुस २०८० १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App